बुटवल ।
धारामा पानी नआएको भन्दै बुटवल उपमहानगरपालिका वडा नं. ८ का बासिन्दाले खानेपानी संस्थान बुटवल कार्यालयका प्रमुखलाई घेराउ गरेका छन् । आफूहरूलाई खानेपानीका कर्मचारीको मिलेमतोमा पानी नदिएर अन्य वडातर्फ पठाइएको आरोप लगाउँदै उनीहरुले खानेपानी संस्थान बुटवल कार्यालयका हाकिमलाई घेराउ गरेका हुन् ।
वडा नं. ८ का लागि भनेर जडान गरिएको बोरिङको पानी अरु वडामा पठाएको भन्दै तत्काल खानेपानी उपलब्ध गराउन माग गर्दै स्थानीयले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख बुद्ध रत्न महर्जनको कार्यकक्षमै पुगेर घेराउ गरे। २ हजार ५ सय घरधुरी रहेको बुटवल वडा नम्बर ८ सुख्खानगरमा लामो समयदेखि खानेपानीको समस्या छ ।
सोही समस्या समाधान गर्न सडक डिभिजन कार्यालयमा जडान गरिएको बोरिङ एक महिना अगाडिदेखि सञ्चालनमा आएपनि उक्त पानी सुख्खानगर क्षेत्रमा वितरण नगरी अन्यत्र जान थालेपछि दबाबस्वरुप कार्यालय प्रमुखलाई घेराउ गरेको स्थानीय राधेश्याम राजभण्डारीले जानकारी दिए।
३१ असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया