एजेन्सी ।
भारतको मुम्बइमा चारतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी पुरिएको आशंका गरिएको छ । मंगलबार बिहान ११ बजेर ४० मिनेटमा भएको यो दुर्घटनापछि अहिले उद्धारको कार्य चलिरहेको छ ।
डोजरको सहयोगमा भत्किएको भवनबाट मानिसहरु निकाल्ने प्रयास भइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । हालैको वर्षाले उक्त घरको सतह कमजोर भएकोले भत्किएको अनुमान गरिएको छ ।
३१ असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया