काठमाडौँ ।
नेपाल, भारत, बंगलादेश तथा म्यानमारसहितका देशमा बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले दुःख व्यक्त गरेका छन् ।
मनसुनी वर्षाका कारण भएको जनधनको क्षतिले दुःखी भएको बताउँदै उनले संयुक्त राष्ट्रसंघ आवश्यक परेको खण्डमा सहयोगका लागि तत्पर रहेको उल्लेख गरेका छन् ।
महासचिवका डेपुटी स्पोकपर्सन फर्हान हकले जारी गरेको विज्ञप्तिमा बाढी पहिरोबाट विस्थापित भएकाहरुको पुनर्स्थापनाका लागि सबै किसिमका सहयोग गर्न तयार रहेको पनि उल्लेख छ ।
नेपालमा बाढी तथा पहिरोका कारण कम्तिमा ६९ जनाको ज्यान गएको छ । भारतमा लाखौँ मानिस बिस्थापित भएका छन् भने कम्तिमा ४४ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया