१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी, सावधानी अपनाउन सुझाव



वीरगञ्ज ।
लगातारको वर्षाले देशभरि नै विभिन्न ठाउमा डुबान परेको बेलामा प्रदेश नम्बर २ पनि नराम्ररी नै प्रभावित हुन पुगेको छ । अहिले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगका संक्रमण देखिने खतरा रहेको चिकित्सकहरुले बताएका छन् । प्रदेश नम्बर २ का ८ वटै जिल्ला बाढीले प्रभावित हुँदा सरुवा रोगको प्रकोप फैलने सक्ने चेतावनी चिकित्सकले दिएका हुन् । यसका साथै सर्पको बिगबिगी पनि बढेको छ ।
नारायणी अस्पतालका फिजिसियन डाक्टर उदय नारायण सिंहले बाढी प्रभावित क्षेत्रमा पानीजन्य सरुवा रोगको प्रकोप फैलन सक्ने भएकोले सचेत रहने सुझाव दिए ।
खासगरि झाडापखाला, टाइफाइड, हैजा लगायतका रोगहरुको संक्रमण फैलन सक्ने उनले बताए । उनले पानी उमोलर अथवा राम्रोसँग निर्मलीकरण गरेर मात्रै सेवन गर्न आग्रह गरे ।

यस्तै बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी पनि बढेको छ । दूलोमा पानि पस्दा बाहिर निस्केकोले सर्पहरु बिगबिगी बढेको हो । फिजिसयन डाक्टर सिंहले सर्पदंसबाट बच्नका लागि साबधानी अपनाउन आग्रह गरे ।
रातिको समयमा घर बाहिर निस्कदा उज्यालोका लागि टर्च अथवा लाइटहरु बोकेर मात्रै निस्कन उनले आग्रह गरे ।

प्रकाशित मिति : ३१ असार २०७६ मंगलबार ००:००  २ : १२ बजे