१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

आइसीसी बरियतामा नेपाल १५ औं स्थानमा यथावत



काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९अखाईसीसी० ले सार्वजनिक गरेको एकदिवसीय वरियतामा नेपाल यसअघिकै वरियतामा यथावत रहेको छ ।
सोमबार सार्वजनिक नयाँ वरियतामा नेपाल १५ औं स्थानमा यथावत रहँदा शीर्ष स्थानको भारत दोस्रो स्थानमा झरेको छ । आइतबार राति विश्वकप क्रिकेट समापन भएसँग आइैसीसीले नयाँ वरियता सार्वजनिक गरेको हो ।

जसमा शीर्ष स्थानमा विश्व विजेता इंग्ल्यान्ड दोस्रो स्थानमा भारत, तेस्रो स्थानमा विश्वकपको उपविजेता टोली न्युजिल्यान्ड, चौथो स्थानमा अस्ट्रेलिया रहँदा पाँचौं स्थानमा दक्षिण अफ्रिका रहेको छ । असार १२ गते सार्वजनिक भएको आईसीसी वरियतामा त्यसअघि १४ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको थियो ।
तर, पछिल्लो समय अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेल्न नपाएको नेपाल अन्य देशको वरियता घटबढ हुँदा पछि परेको थियो । यस्तै, टि–२० वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७६ मंगलबार ००:००  १२ : ४६ बजे