काठमाडौं ।
असार १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आप्पा’ ले दर्शकको औसत प्रतिक्रिया पाइरहेको छ । यो फिल्म नेपालसहित भारतका केही सिनेमा घरमा पनि रिलिज भएको थियो । यो फिल्मले तेस्रो हप्तासम्म आइपुग्दा १ करोड ३० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको वितरण कम्पनी स्टेशन फाइभले जनाएको छ ।
निर्देशनको दाबीलाई आधार मान्ने हो भने यो फिल्मले भारतका २५ वटा सिनेमा हलबाट १ करोड ८८ लाख भारु नेपाली ३ करोड ९७ हजार रुपैयाँ कलेक्सन गरेको छ ।
यो आँकडालाई भने विश्वसनीय मानिएको छैन । फिल्मका निर्देशक अनमोल गुरङका अनुसार यो फिल्मले पहिलो सातामा राम्रो प्रदर्शन गरेको छ । फिल्मले मल्टिप्लेक्स हलमा अहिले पनि केही शो पाएको छ । बाबुछोराको सम्बन्धलाई देखाइएको यो फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ । फिल्मलाई अनमोल गुरुङले लेखन तथा निर्देशन गरेका हुन् ।
दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्ममा शैलेन्द्र डी। कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत र निमेश श्रेष्ठको सम्पादन रहेको छ ।
फिल्म अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको ब्यानरमा निर्माण भएको हो ।
प्रतिक्रिया