१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

अध्ययन गरेर मात्र बोल्न सांसदहरुलाई मुख्यमन्त्री पोख्रेलको सुझाव



बुटवल ।
अध्ययन गरेर मात्र बोल्न सांसदहरुलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सुझाव दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले संसदको गरीमा र महत्वलाई कमजोर हुन नदिन सांसदहरुले बैठकमा अध्ययन गरी यथार्थ बिषय मात्र उठाउन सुझाव दिनु भएको हो ।
प्रदेश ५ आन्तरीक मामिला तथा कानुन मन्त्रालयले आज योगिकुटीमा आयोजना गरेको संसदीय अभ्यास र ब्यवस्थापन कार्यबिधी सम्वन्धी अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पोखरेलले संसदमा यथार्थ बिषय नउठाउदा सांसदहरुकै नैतिकतामा प्रश्न उठने बताउनु भयो ।
उहाले चालु आर्थिक वर्षको बजेटमा वर्षै भरीको लागि नभएको बजेट सेमीनार र गोष्ठिमा १५ दिनमा खर्च भयो भन्ने प्रदेश सभाको बैठकमा माननीय ज्यूले उठाउदा त्यसको बिश्वास कस्ले गर्ने भन्नुभयो । उहाले आफैले पारित गरेको बजेटका बिरुद्धमा सत्तारुढ दलका सांसदहरुले नै बोल्दा तथ्यमा फरक परे जनताको बिश्वास घटने र नैतिकतामा प्रश्न उठने भन्दै तथ्यलाई ध्यान दिन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश ५ अन्य प्रदेश भन्दा सफल र ब्यवस्थीत रहेको बताउनु भयो ।

प्रकाशित मिति : ३० असार २०७६ सोमबार ००:००  २ : २८ बजे