दाङ ।
दाङको घोराही उपमहानगरपालिका ६ मा रहेको कुलोमा डुबेर डेढ वर्षीय बालकको ज्यान गएको छ ।
घोराही उपमहानगरपालिका ६ अगराका हर्क्जित खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्रीको घर नजिकैको कुलोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घर नजिकै खेल्ने क्रममा कुलोमा डुबेर गम्भीर भएका शिशिरलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको दाङका प्रहरी प्रवक्ता बिनोदविक्रम शाहले जानकारी दिनुभयो ।
३० असार २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया