गुल्मी ।
गुल्मीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ‘विप्लव’ समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन गुल्मीका जिल्ला सचिव बिष्णु वि.क र सदस्य राज खड्का रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिनुभयो ।
सोमबार बिहान सदरमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा संगठन बिस्तारका क्रममा रहेका उनीहरुलाई विद्यालय परिसरबाट पक्राउ गरिएको खड्काले बताउनुभयो ।
उनीहरु विद्यालयमा संगठन बिस्तार गर्न सोमबार बिहान विद्यालय पुगेका थिए । पक्राउ परेका विद्यार्थी नेताहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३० असार २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया