काठमाडौं ।
भारतमा समेत लोकप्रिय बनेका गायक उदित नारायण झाले लामो समयपछि नेपाली गीतमा स्वर दिएका छन् । उनले स्वर दिएको ‘होशमा बेहोशी’ हालै सार्वजनिक गरिएको छ ।
गीतको सबै काम मुम्बईमै गरिएको हो । विजय गौतमको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियोलाई निर्देशन र सम्पादन पनि सर्जक गौतमले नै गरेका हुन् ।
गीतको म्युजिक भिडियो, रेकर्डिङ ,मिक्सिङ, मास्टरिङ लगायत सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो । विजय गौतमको शब्द तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । गीतको म्यूजिक भिडियो निर्देशनरसम्पादन पनि स्वयम् विजय गौतमले नै गरेका हुन् ।
गीत रेकर्डिङका क्रममा गायक झाले करियरमै सबैभन्दा मिठो गीत गाएको प्रतिक्रिया दिए । सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भावका गीत संगीतहरु बजारमा सार्वजनिक गर्दै आएको छ ।
प्रतिक्रिया