१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

विषालु च्याउ खाँदा छोरीको मृत्यु, आमाछोराको अवस्था गम्भीर



अछाम ।
जङ्गली च्याउ र निँगुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ। जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो। आइतबार बेलुका जङ्गली च्याउ र निँगुरोको तरकारी पकाएर खाएका मनिषाकी आमा नरपता र दाजु छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्य शेरबहादुर बोहराले जानकारी दिए। जङ्गली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए। रासस

प्रकाशित मिति : ३० असार २०७६ सोमबार ००:००  ११ : २८ बजे