१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

नेकपा कपिलवस्तुको इन्चार्जमा श्रेष्ठ, सह इन्चार्जको जिम्मा भट्टराईलाई दिने तयारी



मायादेवी अनलाइन, कपिलवस्तु ।
पूर्व माओवादी केन्द्रका भानु श्रेष्ठ नेकपा कपिलवस्तुका ’इन्चार्ज’ बन्ने भएका छन् । कार्यविभाजनमा मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पुरानै जिल्ला इन्चार्जहरूलाई जिम्मेवारी दिन लागेको नामावलीमा श्रेष्ठको नाम आएको छ । यस्तै सह इन्चार्जमा भने पूर्व एमालेका खिमलाल भट्टराईलाई जिम्मा दिन दुई अध्यक्ष्द्धय केपीओली र पुष्प कमल दाहालबीच सहमति भएको खबर छ ।
यस्तै प्रदेश ५ का अन्य जिल्लामा पनि पुरानै ढाँचामा इन्चार्ज र सह इन्चार्ज तोकिएको छ ।अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खड्का (पूर्वमाओवादी केन्द्र) सहइन्चार्ज नजिर मियाँ (पूर्वएमाले),गुल्मी इन्चार्ज दिनेश पन्थी (पूर्वमाओवादी केन्द्र) सहइन्चार्ज रामनाथ ढकाल (दिवंगत) (पूर्वएमाले),पाल्पा इन्चार्ज बसन्त घर्ती (पूर्वमाओवादी केन्द्र)सहइन्चार्ज सोमप्रसाद पाण्डेय (पूर्वएमाले),नवलपरासी इन्चार्ज एमाले, सहइन्चार्ज घनश्याम यादव (पूर्वमाओवादी केन्द्र), रुपन्देही इन्चार्ज हकिकुल्ला खाँ (पूर्वमाओवादी केन्द्र)सहइन्चार्ज भोला गिरी (पूर्वएमाले)
दाङ इन्चार्ज जीवन गौतम (पूर्वमाओवादी केन्द्र)सहइन्चार्ज मेटमणि चौधरी (पूर्वएमाले)
बाँके इन्चार्ज दिनेशचन्द्र यादव (पूर्वएमाले)सहइन्चार्ज महेश्वर गहतराज (पूर्वमाओवादी केन्द्र),बर्दिया इन्चार्ज राजबहादुर बुढा (पूर्वएमाले) सहइन्चार्ज तिलकराम शर्मा (पूर्वमाओवादी केन्द्र) तोकिएका छन् ।

केही दिनअघि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साविक कमिटीका जिल्ला इन्चार्ज र सहइन्चार्जलाई नै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारेको नेकपाका एक स्थायी कमिटीले जानकारी दिए ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विदेश भ्रमणबाट फर्किएपछि सचिवालयको बैठक बसेर कार्य्विभाजनको टुंगो लगाउन लागिएको नेकपाका नेताले जानकारी दिएका छन् । यसअघि नेकपाले जिल्ला अध्यक्ष र सचिव बाँडफाँट टुंग्याइसकेको छ ।
फाँडफाँटअनुसार एमालेले ४४ जिल्ला लिएको थियो भने पूर्वमाओवादी केन्द्रको भागमा ३३ जिल्ला परेको थियो । एमालेले अध्यक्ष पाएको जिल्लामा माओवादी केन्द्रले सचिव लिएको थियो । अहिले इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउँदा एमालेले नेतृत्व लिएको जिल्लामा माओवादी केन्द्रको इन्चार्ज र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेले इन्चार्ज लिने सैद्धान्तिक समझदारी भएको छ । यस्तै सहइन्चार्जको हकमा पनि सोही मापदण्ड लागु हुनेछ ।
नेकपामा ४४५ केन्द्रीय सदस्यको कार्यविभाजन हुन बाँकी छ । पोलिट्ब्युरो गठन पनि हुन सकेको छैन । पार्टीको अन्तरिम विधानअनुसार नेकपाले केन्द्रीय कमिटीको एकतिहाइ संख्याको पोलिट्ब्युरो गठन गर्न सक्नेछ । प्रवास कमिटी, ३२ वटा विभाग र केन्द्रीय निकायहरूको गठन पनि हुन सकेको छैन ।
असार मसान्तभित्र एकीकरण प्रक्रियामा थाँती रहेका काम पूरा गर्ने दुवै अध्यक्षले बताइरहेका छन् । एक वर्षदेखि रोकिएको प्रतिवेदन छपाइको काम पनि अघि बढेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । पार्टीको अन्तरिम राजनीतिक कार्य्दिशा पनि जनताको जनवाद नै तय भएको छ ।

प्रकाशित मिति : ३० असार २०७६ सोमबार ००:००  ७ : ०३ बजे