मायादेवी अनलाइन, तौलिहवा ।
कामना सेवा विकास बैंकले कपिलवस्तु सामुदायिक अस्पताललाई कुर्ची वितरण गरेको छ । प्रगतीको आधार कामना सेवा संग कारोबार भन्ने मूलनारा सहित देशभर सेवा प्रदान गर्दै आएको विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत कपिलवस्तु सामुदायिक अस्पतालमा आउने विरामी र विरामी कुरुवालाई लक्षित गरि कुर्ची प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्णु पन्थीले देशका विभिन्न स्थानमा गरी ९३ वटा शाखा सञ्चालन गरिरहेको यस बैंकले गरेको कार्य प्रशंसनिय रहेको बताउनुभयो । सांसद पन्थीले बैंकले नया शाखा दु्रत गतिमा खोल्दै यसैगरी जनतालाई बैंकिङ तथा सामाजिक सहयोग गर्दै जाने बताउनुभयो ।
बैंकका निर्देशक भिम प्रसाद तूलाचनले कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेनलाई ८ सेट मेटल कुर्ची हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा कपिलवस्तु सामुदायिक अस्पतालका वरिष्ठ उपाध्यक्ष हरि गैरे, कोषाध्यक्ष रवि काफ्ले तथा कामना सेवा विकास बैंक तौलिहवा शाखाका ब्यवस्थापक समिरकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
२९ असार २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया