१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

प्रतिष्ठान कपिलवस्तुको पाँचौ अधिबेशन साउन ८ गते, बिभिन्न उप समिति गठन



कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा बिगत दश बर्षदेखी कलाकारिता क्षेत्रमा क्रियाशिल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल कपिलवस्तुको पाँचौ जिल्ला अधिबेशन यही श्रावण ८ गते ४ नं जितपुरमा हुने भएको छ । राष्ट्रिय कलाकारहरु चन्द्र शर्मा, खुमन अधिकारी, सुवास के.सी., शिरिष देवकोटा, लक्ष्मण खड्का, डिल्लीनारायण पाण्डे, नारायण लेकाली, प्रचण्ड जि.सी.,दिपक गरौजा मगर, दिनेश रञ्जन लगायत थुप्रै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थितिमा बिबिध साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
प्रतिष्ठानको ४ नं जितपुरमा बसेको बैठकमा बिगतको समिक्षा गरी अधिबेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न बिभिन्न उप समिति निर्माण गरेको छ । प्रतिष्ठानका अध्यक्ष थानेश्वर अधिकारीको संयोजकत्वमा ३१ सदस्सिय अधिवेशन मुल आयोजक समिति गठन गरिएको छ ।
प्रतिष्ठानका नि.बर्तमान अध्यक्ष पुर्णचन्द्र परियारको संयोजकत्वमा हल तथा साउण्ड व्यवस्थापन उप समिति, उपाध्यक्ष सुर्य चुँदालीको संयोजकत्वमा प्रतिनिधि छनौट उपसमिति, सचिव सन्तोष बि.क.को संयोजकत्वमा छपाई तथा प्रतिवेदन उप समिती, कोषाध्यक्ष शुसिल खत्रीको संयोजकत्वमा आर्थिक उप समिति, सदस्य शारदा खनालको संयोजकत्वमा अतिथि सत्कार उप समिति र सदस्य दिपक आचार्यको संयोजकत्वमा प्रचार प्रसार उप समिती गठन गरिएको छ ।
साथै बैठकले सो अधिबेशनमा कपिलवस्तु जिल्लामा क्रियाशिल अग्रज तथा नवोदित कलाकारहरुलाई सम्मान समेत गर्ने भएको छ । बैठक प्रतिष्ठान जिल्ला अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता, प्रदेश नं ५ सदस्य पुर्णचन्द्र परियारको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सन्तोष बि.क.ले गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ असार २०७६ आइतबार ००:००  ६ : १३ बजे