मकवानपुर ।
भिमफेदी गाउँपालिका र हेटौंडा ५ का सम्पूर्ण विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ । लगातकारको वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै वडाका विद्यालय र हेटौंडा ५ का सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको हो ।
भिमफेदी गाउँपालिकाभरिका विद्यालयहरु आइतबारदेखि २०७६ मंगलबारसम्मका लागि बिदा दिइएको फिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । विद्यालय सञ्चालन गर्दा पनि विद्यार्थीहरु बाढी, पहिरोका कारण आउन नसक्ने अवस्था भएकाले तीन दि सम्मका लागि बिदा दिइएको उहाँले बताउनुभयो । अहिले खहरे खोलाहरु बढेर तर्न नसक्ने अवस्था भएपछि बिदा दिनुपरेको उहाँको भनाइ छ । यसैगरी हेटौंडा ५ का अधिकांश विद्यालयहरु लगातारको वर्षाका कारण डुबानमा परेका छन् । पानी कम भए पनि विद्यालय भित्र सफा गर्नुपर्ने र झरीको समस्या अझै नटरेकाले विद्यालय बन्द गर्नुपरेको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकृत भानुभक्त थपलियाले बताउनुभयो । हेटौंडाका १९ वटा वडाको तुलनामा ५ नम्बर वडामा लगातारको वर्षाका कारण बढी डुबान भएको थियो ।
प्रतिक्रिया