१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

आक्रमणमा पत्रकारसहित कम्तीमा २६ मारिए



मोगादिसु ।
सोमालियाको दक्षिणी क्षेत्रको एक होटलमा गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । बन्दरगाह सहर किस्मायुको असासे होटलमा गरिएको आक्रमणमा मृत्यु हुनेमध्ये अधिकांश विदेशी नागरिक रहेका अधिकारीहरूले जनाएका छन । मृतकमध्ये एक क्यानडेली टेलिभिजन पत्रकार होडन नलेया र उनका श्रीमान् फरिदसमेत छन ।
अन्य मृतकहरूमा केन्या र तान्जानियाका ३–३ जना, २ जना अमेरिकी र एक बेलायती छन । एक स्थानीय राजनीतिज्ञको पनि घटना पनि ज्यान गएको छ । अधिकारीका अनुसार घटनामा ५६ घाइते छन । एक सुरक्षा अधिकारी अब्दी धुहुलका अनुसार एक पूर्व स्थानीय प्रशासन मन्त्री र सांसद मारिनेमध्ये छन ।

प्रकाशित मिति : २९ असार २०७६ आइतबार ००:००  १ : ३६ बजे