काठमाण्डौ ।
कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन नेपालीको ज्यान गएको छ । शुक्रबार भएको आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र गौरी दर्जीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले उज्यालोलाई जानकारी दिनुभयो ।
प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र घटनाबारे पूर्ण विवरण आउने पनि उहाँले बताउनुभयो । मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ। अस्पतालमा दूतावासको टोली गएकाले थप नेपाली घाइते भएर नभएकोबारे अहिले पुष्टि नभएको पनि मगरले जानकारी दिनुभयो । ‘हामीले जानकारी संकलन गरिरहेका छौं, तर घाइतेबारे जानकारी पुष्टि भएको छैन’ उहाँले भन्नुभयो । मृत्यु हुने कम्पनीका कामदार हुन् या घरेलु कामदार भन्ने थाहा हुन बाँकी छ ।
प्रतिक्रिया