१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

अबरुद्ध बुटवल–पाल्पा सडकखण्ड एकतर्फी खुल्यो



बुटवल ।
बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै पहिरो गई अवरुद्ध बनेको सडक २० घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
शनिबार दिउँसो पहिरो गएर अवरुद्ध बनेको सडक पहिरो हटाइएपछि एकतर्फी सञ्चालनमा आएको हो । हिजो अपरान्ह तिन बजेतिर सडकमा गुडिरहेको मोटरसाइकलमाथि खसेको ढुङ्गे पहिरोले मोटरसाइकल बगाउदा पाल्पाको निस्दी गाउँपालिका ४ मित्याल निबासि ३१ वर्षीय धन बहादुर सुनारी मगरको मृत्यु भएको थियो ।
भिरबाट ढुङ्गा खस्नेक्रम नरोकिएका कारण शनिबार साँझसम्म पनि पहिरो हटाउन सकिएको थिएन । आज बिहानैदेखि डोजर लगाएर आंशिक पहिरो हटाएपछि अहिले बिहान १०स्३५ बजे देखि एकतर्फी सवारी आवागमन सुचारु भएको दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक बालबहादुर घर्तिमगरले बताए ।

प्रकाशित मिति : २९ असार २०७६ आइतबार ००:००  १२ : १९ बजे