१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

दाङमा खुकुरी प्रहारबाट घाइते भएका २० वर्षीय युवकको मृत्यु



दाङ ।
दाङमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । युवाहरुको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो ।

खुकुरी प्रहारबाट दुवै हात र बाँयाँ खुट्टामा गम्भीर चोट लागेका ओलीको नेपालगंजमा उपचारपछि थप उपचारका लागि लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटनामा संलग्न रहेको आशंकामा दुई जना युवा प्रकाउ परेका छन् ।

प्रकाशित मिति : २९ असार २०७६ आइतबार ००:००  १२ : १६ बजे