१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

बाढी पहिरोमा ४५ जनाको मृत्यु, १० हजार ३६५ घरधुरी विस्थापित



काठमाडौं ।
लगातारको बाढी पहिरोले देशभरमा ४५ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रका अनुसार हालसम्म ४५ जनाको मृत्यु भएको र २२ जना बेपत्ता भएको र २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा सबै भन्दा धेरै ललितपुरमा ७ जनाको ज्यान गएको छ। त्यस्तै भोजपुरमा ५ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। खोटाङ, काठमाडौं मकवानपुरमा ३र३ जनाको मृत्यु भएको छ। मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २र२ जनाको ज्यान गएको छ। इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १र१ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रको तथ्यांक छ। सबैभन्दा धेरै बिस्थापित हुनेमा सिरहामा ५ हजार सर्लाहीमा ३ हजार बारामा १६६५ मोरङमा ४००, रौतहटमा २०० घरधुरी र पर्सामा १२० घरघुरी बिस्थापित भएका छन्।

प्रकाशित मिति : २९ असार २०७६ आइतबार ००:००  ११ : १४ बजे