१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

नेपालले आज कालोपट्टी बाँधेर क्रिकेट खेल्ने, किन यसो गर्दैछ ?



काठमाडौं ।
नेपालले मलेसियासँग आइतबार हुने दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा कालो पट्टी बाँधेर मैदान उत्रने भएको छ ।

पछिल्लो केहि दिनदेखि अविरल वर्षाको कारण देशभरमा मृत्यु हुनेको सम्झनामा (स्मृती) मा कालो पट्टी बाँधेर मैदान उत्रने कप्तान पारस खड्काले क्रिकेटिङ नेपाललाई उदृत गर्दै भने । खेल सुरुहुनु अघि एक मिनेट मौन धारणा समेत गरिनेछ । गृहमन्त्रालयका अनुसार शुक्रबार देखी परेको अविरल वर्षाको कारण देशभरबाट हालसम्म मृत्युहुनेको सङ्ख्या ३६ कटेको छ ।

नेपालले पहिलो टी ट्वान्टी खेलमा सनिवार मलेसियामाथि ७ विकेटको सहज जित हात हात पार्दै दुई टी ट्वान्टी सिरिजमा १–० को अग्रता लिएको छ। दोस्रो खेलमा नेपाल विजयी भए पहिलो पटक टी ट्वान्टी सिरिज क्लिन स्वीप गर्ने छ ।
कमजोर मलेसियामाथि नेपालको लक्ष्य पनि त्यहि रहेको छ । जुलाई २० देखी २८ सम्म सिंगापुरमा हुने आईसीसी एसिया टी ट्वान्टी विश्वकप छनोट अघि नेपाल विशेष प्रशिक्षणको लागि मलेसिया गएको हो ।

प्रकाशित मिति : २९ असार २०७६ आइतबार ००:००  ६ : २७ बजे