शिवलाल सुवेदी, गुल्मी ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम गुल्मीको मदाने गाउँपालिकामा प्रभावकारी भएको छ । गरिव, विपन्न तथा भौगौलिक हिसावले पछाडि परेका समुदायलाई लक्षित गरि मदाने गाउँपालिका ५ मा सञ्चालन भएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम प्रभावकारी भएको हो ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत गुल्मीको मदाने गाउँपालिकाले योजना छनौट गरेर स्थानीयको जीवनस्तर सुधार्ने अभियानको थालनी गरेका छन । कार्यक्रम अन्र्तगत मलायगिरीमा ९० घर परिवारमा वाख्रापालन तथा खोर सुधारका साथै तरकरी खेती, पशु स्वास्थ्य शिविर, विद्यार्थीहरुलाई झोला वितरण, गर्ववती महिला भएका घरमा झण्डा राख्ने कार्यक्रम सञ्चालन भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारीले जानकारी दिए । उनका अनुसार सुत्केरी महिलाहरुलाई अण्डा वितरण, र्हलिस वितरण लगायत स्वास्थ्य सचेतना फैलाउने काम समेत चलिरहेको बताए । उक्त कार्यक्रमका लागि मदाने गाउँपालिकामा कुल ४६ लाख ९० हजार वजेट आएको हो । कार्यक्रम अनुसार गाउँपालिका भित्र सञ्चालन रहेका ५ वर्थिङ्ग सेन्टरहरुमा वेवी वार्मर खरिद गरि वितरण गरिएको भण्डारीले बताए । आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका समुदाय, घरपरिवार तथा व्यक्तिको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसर तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकत भण्डारीले भने“ हामीले पनि गाउँपालिकामा यो कार्यक्रमले जनताहरुको जीवनस्तर उकास्ने लक्ष्यका साथ अगाडि बढाएका छौ ।”
मदाने गाउँपालिकाको अग्लुङ्ग,सिर्सेनी,वाझकटेरी, म्यालपोखरी र पुर्कोटदहमा वर्थिङ्ग सेन्टरहरु सञ्चालनमा रहेका छन । यस्तै कार्यक्रम अनुसार गाउँपालिका स्तरिय वालमैत्री कक्षा सञ्चालन हुनुका साथै वालमैत्री सामाग्रीहरु समेत खरिद गरेर विद्यालयहरुमा वितरण गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम गरिवहरुको आर्थिक अवस्थामा सुधार ल्याउने एकदम राम्रो कार्यक्रम रहेछ अध्यक्ष केसीले भने“हामीले कार्यक्रम सञ्चालन कार्यविधी निती,नियम अनुसार सञ्चालन ग¥यौ यसले यहाँका किसानहरुलाई ब्यवसायिक बनाउने काम गरेको छ ।” प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन हुर्दै आएको गाउँपालिका केसीको भनाई छ । उनका अनुसार शिक्षा,स्वास्थ्य, कृषि,पशुपालनलाई प्राथमिकता दिएको बताए । गाउँपालिकामा वाख्रापालनका लागि १२ लाख, वालमैत्री कक्षा सञ्चालनका लागि ९ लाख, तरकारी खेतीका लागि ४ लाख, पशु स्वास्थ्य शिविर सञ्चालनमा १ लाख ५० हजार, विद्यार्थीहरुलाई झोला वितरणमा ५ लाख गर्भवती महिलाहरुका घरमा हरियो
झण्डा राख्ने तथा अण्डा र र्हलिस वितरणमा १ लाख कार्यक्रम अनुगमन तथा ब्यवस्थापन १ लाख र स्वास्थ्य सचेतनामा ६० हजार रुपैया वजेट विनियोजन भएको छ ।
२८ असार २०७६ शनिबार ००:००
8
Shares
प्रतिक्रिया