रौतहट ।
दशगजामा रहेका भारतीय बाँधका ढोका भारतीय पक्षले नखोलेपछि रौतहट सदरमुकाम गौरसहित अधिकांश ठाउँ डुबानमा परेका छन् ।
दशगजामा लालबकैया र बाग्मती नदीलाई जोडेर बनाएको बाँध भत्केपछि भने पानीको सतह केही मात्रामा घटेको छ । दशगजामा भारतीय पक्षले बनाएको बाँध पानीको बेगले भत्काएको हो । बाँध वरपर भारतीय सीमा सुरक्षा बल९एसएसबी० ले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ । भारतीय पक्षले भत्किएका बाँधहरु मर्मत गर्न थालेको छ ।
रौतहटको सदरमुकाम गौरमा घरको एक तलासम्म पानी भरिएको छ । गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयको एक तला पूरै पानीमा डुबेको छ । त्यस्तै गौरमा रहेका सरकारी कार्यालयहरु पनि पानीमा डुबेका छन् ।
भारतले विपदका बेला पनि बाँध नखोलेकोमा नेपाली नागरिक भने रुष्ट बनेका छन् । धेरैले सामाजिक सञ्जालमा ३द्यबअपइााक्ष्लमष्ब र ३न्यद्यबअपक्ष्लमष्बलक्क्द्य लेखेर भारतले तत्काल बाँध खोल्नु पर्ने बताएका छन् । सामाजिक सञ्जालमा देखिएका आक्रोस तथा प्रतिक्रिया
२८ असार २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया