काठमाडौँ ।
लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको सरकारले जनाएको छ । देशका विभिन्न जिल्लामा १३ जना बेपत्ता तथा २१ जना घाइते भएका छन् ।
भोजपुरमा पाँच, ललितपुरमा चार, काठमाडौँ र खोटाङ्गमा तीन–तीन जनाको ज्यान गएको छ । यस्तै सिन्धुली, काभ्रे तथा मकवानपुरमा दुई–दुई जनाको ज्यान गएको छ । झापा, इलाम, ओखलढुंगा, बारा, पर्सा, रामेछाप र धादिङमा एक एक जनाको ज्यान गएको छ ।
यस्तै पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन् । महोत्तरीमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पूल बगाउँदा यातायात अवरुद्ध बनेको छ ।
काभ्रेमा विपि राजमार्ग, हेटौँडा राजमार्ग, कान्तिलोक पथ र त्रिभूवन पथ बन्द भएका छन् । यस्तै विभिन्न जिल्लामा पहिरोका कारण स्थानीय सडक अवरुद्ध भएका छन् ।
२८ असार २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया