१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

बाढी पहिरोमा ज्यान गुमाउनेप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखिको अविरल वर्षाले आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेप्रति श्रदाञ्जली व्यक्त गरेका छन् । शुक्रबार सामाजिक संजाल ट्विटरमा लेख्दै प्रधानमन्त्री ओलीले आजसम्म बाढी पहिरोबाट ६ जनाको मृत्यु भएको र ७ जना बेपत्ता भएको जानकारी दिएका छन् ।

बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । मन्त्रालयहरू पनि पीडितहरूको उद्दारमा सक्रिय रहेको उनले ट्विटरमा लेखेका छन् ।

सर्लाहीस्थित भारतसँगको सीमाक्षेत्रमा पनि दुवै देशका अधिकारीबीच समन्वय गरेर बाढीको प्रभाव कम गर्ने र वहाब खुलाउने काम भइरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले बाढीबाट ४०० परिवार प्रभावित भएका पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६ शुक्रबार ००:००  ५ : ३२ बजे