बुटवल ।
प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले यातायात क्षेत्रलाई व्यवस्थित गरिने बताउनु भएको छ । बिगतमा कानुनको अभावमा यातायात क्षेत्रलाई उचित संबोधन गर्न नसकिएको भन्दै उहाले प्रदेशसभाले अधिकांश कानुन बनाइसकेकाले अव यातायात क्षेत्र पनि व्यवस्थित हुने दावी गर्नुभयो ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४३ औं वार्षिक साधारण सभाको उदघाटन गर्दै मन्त्री गिरीले दुर्घटना न्युनीकरण र दुर्घटना पछिको व्यवस्थापकीय भूमिकामा भलाई कोषले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । यातायात मजदूरको क्षेत्रमा धेरै युवालाई रोजगारी प्रदान गरेर भलाई कोष जस्ता संस्थाले धेरै युवालाई विदेश जान रोकेको पनि उहाले बताउनु भयो । उहाले अहिले सरकारलाई चौतर्फी आक्रमण गर्ने प्रयास भैरहेको भन्दै व्यवसायी तथा मजदूरहरुलाई सजग रहन पनि आग्रह गर्नुभयो ।
उहाले बढ्दो दुर्घटना कम गर्न जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि यातायात सम्बद्ध संस्थाहरुलाई आग्रह गर्नुभयो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले सवारीसाधनको वृद्धिसँगै दुर्घटनामा पनि वृद्धि हुँदै गएको र यसले थप चुनौती सिर्जना गरेको भन्दै चुनौतीलाई अवसरको रुपमा लिएर अघि बढ्ने बताउनु भयो । दुर्घटनापछिका घाइतेलाई महंगा अस्पतालमा उपचार गर्ने प्रवृत्तिले ठूलो धनराशी खर्च हुने गरेको र एउटै दुर्घटनामा पाँचलाख भन्दा बढी खर्च व्यहोर्नुपर्ने अवस्था कोषका लागि चुनौतीका रुपमा देखिएको उनले बताउनु भयो ।
कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराईले दुर्घटना न्युनीकरण पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष भट्टराईले संस्थाको दीगो विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आर्थिक रुपले नाजुक अवस्थामा पुगेको संस्थालाई आफूले अहिलेको अवस्थामा ल्याइपु¥याएको भन्दै संस्थाको दीगो विकासका लागि आफ्नो सदैव सहयोग रहने बताउनु भयो ।
२७ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया