काठमाडौँ ।
अविरल वर्षाका कारण घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्लाको बनेपा नगरपालिका ३ नाला भन्ने ठाउँमा मािथबाट खसेको पहिरोले घर थिच्दा रामप्रसाद दंगालकी श्रीमती गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रेका एसपी जयराम सापकोटाले जानकारी दिए । घटनामा रामप्रसादकी बुहारी सुशिला दंगाल र तीन महिनाकी नातिनी अनुष्का घाइते भएका एसपी सापकोटाले बताए ।
२७ असार २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया