१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्यो, एकतर्फी गाडी सुचारु



चितवन ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण एकतर्फीमात्रै गाडी चलिरहेका छन् । बिहीबार राति भएको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो ।
यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।
एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छ । यो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

प्रकाशित मिति : २७ असार २०७६ शुक्रबार ००:००  ८ : ३६ बजे