मायादेवी अनलाइन, वाणगंगा ।
होसियार ! अब घरमै सुत्केरी गराउन बाध्य पार्ने घर परिवारमाथि जरिवाना लाग्ने भएको छ । गर्भवती महिलाहरु घरमै सुत्केरी भएमा सोही परिवारबाट ५ सय रुपैया जरिवाना लिइने भएको हो ।
शुन्य डेलिभरी बनाउने अभियान अन्र्तगत वाणगंगा नगरपालिकाको ७ नं. वडा कार्यालयको एक महिला समुहले यस्तो निर्णय लिएको हो ।
प्रगतिशिल स्वास्थ्य आमा समुह धैरेनी डाडाँको बैठकले यस्तो निर्णय लिइएको बताइएको छ । वडा अध्यक्ष विष्णु गिरी, वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखाका कृष्ण घिमिरे, कमल ज्ञवाली, सुआहाराकी फिल्ड सुपरभाइजर यमुना पन्थी लगायत ४५ जनाको उपस्थितीमा यस्तो निर्णय भएको हो ।
साथै सोही बैठकमा बोल्दै वडाध्यक्ष गिरीले वडाका सम्पूर्ण गर्भवती महिलाले अनिवार्य रुपमा स्वास्थ्य बीमा गराउनुपर्ने निर्णय गर्ने तयारी भैरहेको बताउनुभएको छ ।
प्रतिक्रिया