बुटवल ।
प्रदेश नं ५ को प्रदेश सभामा थप तिन विधेयक दर्ता भएका छन् । प्रदेश सभामा प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यही असार ८ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको हो भने प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक असार १३ गते दर्ता भएको हो ।
सात वटा प्रदेश सभा मध्ये सबै भन्दा बढि विधेयक पारित गर्ने प्रदेश सभाको रुपमा स्थापीत प्रदेश नं ५ को प्रदेश सभाबाट यस अघि ३८ वटा विधेयक पारीत भई प्रमाणीकरण समेत भैसकेको छ । प्रदेश सभाको अर्को बैठक यही असार २९ गते दिउसो १ बजे बस्दै छ ।
२६ असार २०७६ बिहिबार ००:००
2
Shares
प्रतिक्रिया