दाङ ।
प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १३ डुमरगाउँमा बस्ने च्याङरा भन्ने हिक्मत रोकामगरसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हिक्मत रोकाको डेरा रहेको घरको शौचालयमा डाइजापाम र नुफिन लागुऔषध लुकाइछिपाई राखेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । प्रहरीले डाइजापाम २ एमएल लेखेको १० थान र नुफिन २ एमएल लेखेको १० थान गरी २० थान आगुऔषध बरामद गरेको छ ।
हिक्मत रोकामगरसहित पक्राउ परेका केशव डाँगी, रमेश बुढामगर र दामबहादुर पुनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरी अनुसन्धान गरिने प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।
२६ असार २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया