७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

श्रीलंकाली टोलीद्धारा कपिलवस्तुमा सञ्चालित सिड्स कार्यक्रमको अनुगमन



कपिलवस्तु ।
कपिलवस्तुमा सञ्चालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण परियोजना (सिड्स) को अनुगमनका लागि श्रीलंकालि टोली कपिलवस्तुमा आएको छ । रिजनल डिरेक्टर एसियाका दार्सिनि क्रस, रिजनल स्ट्राटेजिक प्रोग्राम म्यानेजर रवि शंकर, एसएफ नेपालका कन्ट्री कोर्डिनेटर रमेस श्रेष्ठ, प्रोग्राम कोर्डिनेटर जिवन बस्नेत, सिनियर कोर्डिनेटर विष्णु कुमार श्रेष्ठ, प्रोग्राम अफिसर विजया गोदार, फाईनान्स कन्ट्रोलर रमेश प्रिथी लगाएतको टोली अनुगमनका लागि जिल्लामा आएको हो ।
टोलीले वाणगंगा नगरपालिका वडा नम्बर १० को मोतीपुरमा रहेको प्रगतीशिल संवाद केन्द्रको अवलोकन गरेको छ । सो अवलोकनको टोली समक्ष किशोरीहरुले सिकेका कुराहरु आदानप्रदान गरेका थिए । उनिहरुले प्रत्येकदिन भोग्ने चुनौतीहरु र त्यसलाई सामना गर्ने तरिकाबारे संवाद केन्द्रमा आएपछि आफुहरुलाई जानकारी भएको बताएका थिए ।
यस्तै सोही टोलीले आजनै वाणगंगा नगरपालिका वडा नम्बर ११ का जनप्रतिनीधि संग भेटघाट गरेको छ । सोही क्रममा स्थानिय निकायसंग विभिन्न संघसंस्थाहरुले समन्वय र सहकार्य गरेर जानुपर्ने सरोकारवालाले बताएका थिए । सिड्स कार्यक्रमले छोटो समयमै परिवर्तन ल्याएको भन्दै आगामी दिनमा यसको क्षेत्रलाई विस्तार गर्न सुझाव दिएका छन् ।
यस्तै सोही टोलीले वाणगंगा नगरपालिकाका मेयर, उपमेयर, नगरपालिका शिक्षा शाखा प्रमुख लगाएत संग पनि भेटघाट गरेको छ । सोहीक्रममा बोल्दै मेयर मंगलप्रसाद थारुले सिड्स कार्यक्रमले किशोर र किशोरीहरुको जीवन संगै ब्यवहारमानै सुधार ल्याउने अपेक्षा गरेको भन्दै यसता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी वाणगंगा नगरपालिका शिक्षा प्रमुख बाबुराम भट्राइले बालबालिको क्षेत्रमा काम गर्ने संस्था धेरै भएपनि किशोर र किशोरीको क्षेत्रमा काम गर्ने संस्था नौलो भएको भन्दै सिडस कार्यक्र प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्य, सिड्स कार्यक्रमका कार्यक्रम संयोजक आरटि खान, कार्यक्रम अधिकृत गीता अर्याल, प्राविधिक सल्लाहकार प्रकाश घिमिरे, अनुगमन तथा मुल्याङकन अधिकृत काशीराम भट्राई, सामाजिक परिचालक, एनिमेटर, किशोरी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो । अनुगमनमा आएको उक्त टोलीलाई जनप्रतिनिधिले स्थानिय उत्पादन ढकिया सहित मायाको चिनो प्रदान गरेका थिए । सिड्स कार्यक्रम स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोग , सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारी तथा वाणगंगा नगरपालिकाको समन्वयमा नगरका ३ वटा वडामा सञ्चालित छ ।

प्रकाशित मिति : २६ असार २०७६ बिहिबार ००:००  ६ : १४ बजे