१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

कञ्चनपुरमा आफ्नै बाबुद्धारा छोरीको बलात्कृत



कञ्चनपुर ।
कञ्चनपुरमा आफ्नै बाबुबाट छोरी बलात्कृत भएकी छिन् । पुनर्वास नगरपालिकामा ३९ वर्षीय बाबुले आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् ।
छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले देखेपछि घटना सार्वजनिक भएको हो । मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएकोे भिडियो कान्छी छोरीले मोबाइलमा देखेपछि आफूलाई बताएको आमाको भनाइ छ । उहाँले घटनाबारे छरछिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताउनुभयो ।
घरमै छोरीको बलात्कार गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताउनुभयो । उहाँले पशुवत व्यवहार गर्ने यस्ता व्यक्तिमाथि कडा भन्दा कडा कारवाही हुनुपर्ने माग राख्नुभयो ।
छोरीलाई बलात्कार गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ ।
घटनापछि दुबै जनालाई मेडिकल जाँचका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले बताउनुभयो ।
उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै दुवैको मेडिकल चेकजाँच भइरहेकाले रिपोर्ट आएपछि कारवाहीको प्रकृया अघि बढाइने बताउनुभयो ।

प्रकाशित मिति : २६ असार २०७६ बिहिबार ००:००  २ : ५३ बजे