एजेन्सी ।
न्यूजिल्याण्ड दोस्रो पटक आईसीसी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । साविक उपविजेता न्यूजिल्याण्ड भारतलाई हराउँदै विश्वकपको फाइनलमा पुगेको हो । भारतको भने विश्वकपको फाइनल पुग्ने सपना चकनाचुर भएको छ ।
मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्न भएको थियो। जसमा न्यूजिल्यान्डले दिएको २३९ रनको मध्यम लक्ष्य भारतले पूरा गर्न सकेन र ४ बल बाँकी छँदा १८ रनले पराजित भयो। मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दा गर्दै बर्षा भएपछि प्रभावित भएको खेलमा भारतको जवाफी इनिङ बुधबार खेलाइएको हो।
न्युजिल्यान्डले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारत बुधबार जवाफका लागि उत्रेको हो। बुधबार न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाएको अवस्थामा २११ रनबाट अगाडि खेल्दै अन्तिम २३ बलमा २८ रन बनाएर भारतलाई २४० रनको लक्ष्य दिएको थियो।
भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ७७ रनको पारी खेले। टप अर्डरका ब्याट्सम्यान एक एक रनमा आउट भएको अवस्थामा अन्तिमक्रममा आएका उनले भारतीय पारी उकासे। उनले चार चौकासहित ५९ बलमा ७७ रनको गतिलो स्कोर खेले। त्यसपछि महेन्द्रसिंह धोनीले ७२ बलमा अर्धसतकीय पारी खेले। रिसभ पन्त र हार्दिक पन्ड्याले समान ३२-३२ रनको योगदान दिए। चौथो क्रमका रिशबले ५६ बलमा ३२ रन बनाएर आउट भए।
उनको पारीमा चार चौका पनि हाने। नौ वर्षयता भारतका टप अर्डरका ब्याट्म्यानले सबैभन्दा खराब प्रदर्शन गरेको खेलमा ओपनरहरु केएल राहुल, रोहित शर्मा र कप्तान विराट कोहली एक एक रनको व्यक्तिगत स्कोरमा आउट भए ।
भारतका लागि राहुलले ७ बलमा १ रन, रोहित शर्माले ४ बलमा १ रन र विराटले ६ बलमा १ रन बनाउँदै पेभेलियन फर्किए। त्यसपछि आएका व्याट्सम्यानले पनि गतिलो खेल्न सकेनन्। त्यसैगरी दिनेश कार्थिकले २५ बलमा ६ रन बनाए । उनले एक चौका पनि हानेका थिए ।
प्रतिक्रिया