थानेश्वर अधिकारी, वाणगंगा ।
बाणगंगा नगरपालिका वार्ड नं ६ मा पर्ने ऐतिहासिक तथा धार्मिक तिर्थस्थल लक्ष्मणघाटमा यही असार ३१ गते गुरुपुर्णिमा देखी ऋषि तर्पणी जनैपुर्णिमा सम्म एक महिना सम्म बोलबम मेला लाग्ने भएको छ ।
सो मेला भर्न कपिलवस्तु रुपन्देही, दाङ, अर्घाखाँची जिल्ला लगायत छिमेकी देश भारतबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।
मेलामा आई भक्तजनहरु रातभरी भजन किर्तन गरी बिहान सबेरै उठेर मन्दिरका पुजारीबाट जल संकल्प गरी जलार्पण गर्ने गर्दछन् । सो मेलालाई भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न लक्ष्मणघाट बोलबमधाम विकास समितिका अध्यक्ष रन बहादुर काउचाको संयोजकत्वमा ५१ सदस्सिय मेला संचालन मुल आयोजक समिति गठन गरिएको छ । समितिमा सत्यनारायण थारु, प्रकाश भुसाल, पुरुषोत्तम भुसाल, तुल्सी थापा, सृजना अधिकारी, गोविन्द पौडेल, बाबुराम बस्नेत, सन्दिप न्यौपाने अन्जित खनाल, यम बहादुर के.सी., लक्ष्मी भट्टराई, इन्द्रबहादुर खत्री., जिवनाथ पाण्डे, मेनुका बेल्वासे ,थानेश्वर अधिकारी,बिरेन्द्र रेग्मी, भोजराज बञ्जाडे, सरिता थारु, ओम प्रकाश पौडेल लगायत रहनु भएको छ ।
लक्ष्मणघाट बोलबमधाम विकास समितिको आयोजना र लक्ष्मणघाट सामाजिक विकास केन्द्रको सह आयोजनामा संचालन हुने सो मेलालाई व्यवस्थित गर्न लक्ष्मणघाट बोलबमधाम विकास समितिका उपाध्यक्ष सत्यनारायण थारुको संयोजकत्वमा छपाइ तथा प्रचार प्रसार उप समिति, लक्ष्मणघाट सामाजिक विकास केन्दका सदस्य अंजित खनालको संयोजकत्वमा साउण्ड सिस्टम तथा लाइट व्यवस्थापन उप समिति र लक्ष्मणघाट बोलबमधाम विकास समितिका सदस्य इन्द्रबहादुर खत्रीको संयोजकत्वमा साईकल पार्किङ उप समिति गठन गरिएको लक्ष्मणघाट बोलबमधाम विकास समितिका सचिव प्रकाश भुसालले जानकारी दिनुभएको छ । सो मेलालाई व्यवस्थित र शान्तिपुर्ण रुपमा संचालन गर्न सबै सरोकारवाला निकायसँग समन्वय गरेर अगाडी बढ्ने संस्थाका अध्यक्ष रनबहादुर काउचा बताउनुहुन्छ ।
२५ असार २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया