१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

जंगली च्याउ खाँदा ललितपुरमा एक जनाको मृत्यु



काठमाण्डौ ।
जंगली च्याउको तरकारी खाएर लललितपुरमा एक जनाको ज्यान गएको छ । ललितपुरको लामाटारमा जंगलबाट ल्याएको च्याउको तरकारी खाएकी मिरा बयलकोटीको ज्यान गएको हो । च्याउ खाएर अन्य दुई जना बिरामी परेका छन् ।

सोमबार बेलुकी च्याउको तरकारी खाएर बिरामी भएकी महालक्ष्मी नगरपालिका–९ की बयलकोटीको उपचारको क्रममा किष्ट अस्पतालमा मंगलबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । च्याउको तरकारी खाएर बिरामी भएका बर्दियाका हिक्मत ज्ञवाली र विमल थापाको पाटन अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २४ असार २०७६ मंगलबार ००:००  १२ : २८ बजे