१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

हङकङद्धारा नेपाल सामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत



काठमाडौं ।
स्पिनर सागर ढकालले घातक बलिङ गरेपछि हङकङले फाइनल खेलमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा खेलमा किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३।१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङका ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालले पहिलो ओभरमै स्पिनर सागरलाई बलिङमा ल्याएको थियो । सागरले चौथो बलमै हङकङका ओपनर नसरुल्लाह रानालाई सुन्यमा पवन सरार्फबाट क्याच आउट गराए । सागरलेनै तेस्रो ओभरको दोस्रो बलमा राहुल शर्मालाई सुन्यमा विकेटकीपर हरि बहादुर चौहानबाट स्टमपिङ आउट गराए ।

सुरुवाती दुवै विकेट शुन्यमा गुमाएपनि तेस्रो विकेटका लागि अदित गोरवारा र कल्हण मार्कले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरे । यी दुईबीचको साझेदारी पनि सागर ढकालले १३ ओभरको पाँचौ बलमा मार्कलाई १९ रनमा एलबी डब्लू आउट गर्दै तोडे ।
उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सागरले १५ ओभरको अन्तिम बलमा अरुष भागवतलाई शुन्यमा बोल्ड आउट गरे । त्यस्तै सागरले २३ ओभरको तेस्रो बलमा मेहरानलाई ४ रनमा स्टपपिङ आउट गराए । तिलकराज भण्डारीले २३ ओभरको दोस्रो बलमा सर्वाधिक रन बनाउने अदितलाई २४ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए । उनले ७१ बलमा ४ चौका प्रहार गरे । कमलसिंह ऐरीले रौनक कपुरलाई १२ रनमा बोल्ड आउट गरे । मोहम्मद हसन ९ र अब्दुलले ७ रन जोडे ।
हङकङलाई सस्तैमा रोक्न स्पिनर सागर ढकालले १० ओभर सम्म ५ मेडन सहित १८ रन खर्चेर ५ विकेट लिए । कमलसिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन अर्चेर ३ विकेट लिए । तिलकराज भण्डारी र कुशल मल्लको नाममा समान १ विकेट रह्यो ।

प्रकाशित मिति : २४ असार २०७६ मंगलबार ००:००  १० : ५७ बजे