१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

टस गर्ने क्रममा सिक्का नै गाडीएपछि..



एजेन्सी ।
एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को फाइनल खेलमा नेपाल र हङकङ प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेलको टसका क्रममा मलेसियास्थित किनरारा ओभलमा अनौठो दृश्य देखियो ।
टसका लागि नेपालका कप्तान रोहितकुमार पौडेल र हङकङका कप्तान आदित गोरावारा पिचनिर पुगे । टस गर्ने क्रममा नेपालका कप्तान रोहितले सिक्का फाले । तर सिक्का मैदानमा सिधा अवस्थामा गाडियो ।टसका लागि फेरी कप्तान रोहितले सिक्का फाले र यसपटक भने नेपालले टस जित्यो । नेपालले टस जितेर फिल्डिङ रोजेर उत्कृष्ट सुरुवात गरिसकेको छ ।

प्रकाशित मिति : २४ असार २०७६ मंगलबार ००:००  १० : ४६ बजे