काठमाण्डौ ।
मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्दै गएकाले मंगलबार पनि देशका अधिकांश भूभागमा पानी परिरहेको छ । मंगलबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार देशका धेरैजसो भूभागमा दिनभर नै पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पश्चिमका धेरैजसो भूभाग र तराईका केही ठाउँमा मंगलबार ठूलो पानी पर्ने सम्भावना छ ।’
मंगलबार राति पनि देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । भारतमा बनेको मनसुनी न्यूनचापीय रेखा मनसुनमा वर्षा गराउने प्रणाली नेपालतर्फ सर्दै गइरहेको केही दिनदेखि नै नेपालका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।
यो क्रम अझै केही दिन चल्ने मौसमविदहरुको अनुमान छ ।
२४ असार २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया