कपिलवस्तु ।
संवाद समितीको भूमिका सम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना र स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा संवाद समितीका पदाधिकारीको भूमिका के रहने भन्नेबारेमा जानकारी गराइएको थियो । सिड्स कार्यक्रमका कार्यक्रम अधिकृत गीता अर्यालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो । दिगो तथा मर्यादित आर्थिक सशक्तीकरण कार्यक्रम (सिड्स) ले विशेषगरी शिक्षा, आयआर्जन तथा जिविकोपार्जनमा सहयोग र संघसंस्थाहरुको सवालीकरणमा काम गर्दै आएको छ ।
कार्यक्रममा विभिन्न संबाद समितीका सदस्यहरुको सहभागिता रहेको थियो । सगरमाथा संवाद केन्द्रका अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विध्या चौधरीले गर्नुभएको हो ।
२३ असार २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया