१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

स्पेनको साँढे जुधाइ (तस्बिरमा) हेर्नुस



एजेन्सी ।
स्पेनको शहर पामप्लोनामा वार्षिक रुपमा हुने सान फर्मिनु अर्थात् साँढे जुधाइको क्रममा तीन जना गम्भीर घाइते भएका छन् । unn.prixa.net
घाइते हुनेहरुमा २३ वर्षीय र ४६ वर्षीय दुई अमेरिकी नागरिक र एक जना स्पेनकै नागरिक रहेका छन् । अन्य दुई जनालाई अस्पताल र केही मानिसहरुको टाउकोमा चोट लागेकाले अस्पताल पठाइएको छ । त्यस्तै ४८ जनालाई रेडक्रसले उपचार गरिरहेको छ ।
गएको जुलाई ६ देखि सुरु भएको सान फर्मिनु आउँदो आइतबारसम्म स्पेनको साँघुरो सडकमा आयोजना हुनेछ ।

यो पर्वमा घाइते हुनु सामान्य नै हो । सन् १९१० देखि सुरु भएको यो पर्वमा अहिलेसम्म १६ जनाले ज्यान गुमाइसकेका छन् । सन् २००९ मा ड्यानियल जिमेनो रोमियोपछि अन्यले ज्यान गुमाएका छैनन् ।

तर आइतबार ४६ वर्षीय अमेरिकी नागरिकको भने घाँटीको सर्जरी गर्नुपर्ने भएको छ ।

यो साँढे जुधाइ पर्वमा विश्वभरिबाट हजारौँका संख्यामा मानिसहरु उपस्थित हुने गरेका छन् ।
ुसान फर्मिनु सँग पर्व र संस्कृति जोडिएको हुनाले पनि पटक(पटक पशु अधिकारकर्मीहरुको व्यापक विरोध भए पनि यो रोकिन गाह्रो छ । गएको शुक्रबार मात्रै पशु अधिकारकर्मीहरुले पामप्लोना सडकमा जनावरको आकृतिमा सुतेर विरोध जनाएका थिए ।

प्रकाशित मिति : २३ असार २०७६ सोमबार ००:००  ७ : ०५ बजे