थानेश्वर अधिकारी, कपिलवस्तु ।
कपिलवस्तु बन पैदावार उद्योग व्यवसायी संघको अगुवाईमा बाणगंगा नगरपालिका वडा नं ६ लक्ष्मणघाट निवासी मृगौला पिडित टिकाराम खनालकी आमा भिमा खनाललाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।
कपिलवस्तु बन पैदावार उद्योग व्यवसायी संघको तर्फबाट २३ हजार ४ सय ८० र काष्ठ व्यवसायीबाट २७ हजार २ सय २० गरी एकमुष्ट ५१ हजार नगद रकम हस्तान्तरण गरिएको हो ।
स्वर्गिय पिता टंकराज खनाल र आमा भिमा खनाल छोरा टिकाराम खनाल हाल मानव अंग प्रत्यारोपरण केन्द्र, भक्तपुरमा उपचारार्थ हुनुहुन्छ । सो कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुकदेव थारुले हामी सबैको सानो सहयोगले गर्दा पिडित खनाललाई उपचारमा सहयोग पुग्ने भएकाले सहयोगी संस्था कपिलवस्तु बन पैदावारलाई धन्यवाद ज्ञापन गर्दे आगामी दिनमा पनि सबै संघ संस्था निकाय र व्यक्तिलाई सहयोगका लागी अपिल गर्नु भएको छ ।
यसै गरी कार्यक्रममा प्रमुख अतिथि बन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य रुक बहादुर भुसालले मानव सेवा गर्ने हेतुले मृगौला पिडित खनालको औषधी उपचारमा सहयोग गर्ने उद्देश्यले यो रकम हस्तान्तरण गरिएको बताउनु भएको छ । उहाँले पिडित खनालको जस्तो समस्या कसैलाई नपरोस् भन्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । कपिलवस्तु बन पैदावार उद्योग व्यवसायी संघका अध्यक्ष पुशपती शर्माको अध्यक्षा र महासचिव कृष्ण बहादुर चौधरीको संचालनमा सम्पन्न कार्यक्रममा मायादेवी रेडियोका कार्यकारी निर्देशक थानेश्वर अधिकारी, व्यवसायी सुरेन्द्र पाण्डे, बसन्त के.सी.,कल्याण टण्डन,रनेन्द्र सेन, प्रकाश कार्की, शंकर भाट क्षेत्री, राज कुमार श्रेष्ठ, कलाकार दिनेश रञ्जन लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
२३ असार २०७६ सोमबार ००:००
2
Shares
प्रतिक्रिया