१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

वाणगंगाको वडा नं. ११ मा अभिमुखिकरण



मायादेवी अनलाइन, वाणगंगा ।
टोल विकास संस्थाका पदाधिकारीहरुको काम, कर्तब्य तथा योजना निर्माणमा भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोग र वाणगंगा नगरपालिका वडा नम्बर ११ को समन्वयमा भएको कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारीहरुको काम, कर्तब्य लगायतका विषयमा अभिमुखिकरण गरिएको हो ।
दिगो तथा मर्यादित आर्थिक सशक्तीकरण कार्यक्रम (सिड्स) ले विशेषगरी शिक्षा, आयआर्जन तथा जिविकोपार्जनमा सहयोग र संघसंस्थाहरुको सवालीकरणमा काम गर्दै आएको छ । कार्यक्रममा बोल्दै वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले सुखी नेपाली समृद्ध नेपाल बनाउने क्रममा विधि ऐन नियमावलीमा टेकेर काम गर्ने बताउनुभयो । उहाले टोल विकास संस्थालाई सबल तथा अधिकारमुखी बनाउन आफु लागि पर्ने बताउनुभयो ।
सिड्स कार्यक्रमका कार्यक्रम संयोजक आरटी खानले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष अर्यालको अध्यक्षता, सामाजिक परिचालक सिता कुमारी चौधरीको सञ्चालन, कार्यक्रम अधिकृत गीता अर्यालको स्वागत मन्तब्य रहेको कार्यक्रममा वडा सचिव, टोल विकास संस्थाका पदाधिकारी, वडा सदस्यहरु सिड्स कार्यक्रमका अनुगमन तथा मुल्याङन अधिकृत काशीराम भट्टराई, सामाजिक परिचालक दिनेश चौधरी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २२ असार २०७६ आइतबार ००:००  ७ : ३५ बजे