१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

नसिमलाई पक्राउ गरिएको प्रति नेकपा कपिलवस्तुको आपत्ती



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रहरीले नसिम अहमद खानलाई पक्राउ गरेको प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले आपत्ति जनाएको छ । नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र सचिव रामचन्द्र शाहद्धारा आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नसिमलाई तत्काल रिहाईको व्यवस्था मिलाउन नेपाल सरकारसंग माग गरिएको छ । राजनीति सहमतीअनुसार नसिममाथि लगाइएका मुद्धा फिर्ता भएको बखत उनलाई एकाएक प्रहरीले पक्राउ गर्नु दुखत रहेको विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तिमा भनिएको छ ‘हाम्रा पार्टीका संगठित सदस्य मायादेवी गाउँपालिका वडा नं. ४ पिपराका नसिम अहमद खान सहित तत्कालिन संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य) समूहका सबैले नेपालको संविधान स्विकार गरी मूल प्रवाहमा आउने वाचा गर्दै नेपाल सरकारसंग सम्झौता गरी आफ्ना सबै हतियारहरु बुझाएर सामान्य जीवन विताउने इच्छा जाहेर गरेर सरकारद्धारा बनाइएका सबै आयोगहरुमा आफ्ना धारणा व्यक्त गरिरहेको बेला एकाएक राजनीति गतिविधि गरीरहेका बेला प्रहरीले पुराना मुद्धा व्यूताई कार्रबाही अगि बढाउन खोजिएकोमा तत्कालै सबै मुद्धाहरु फिर्ता गरि रहाई गर्न नेपाल सरकारसंग माग गर्दछौं ।’
नसिम शनिबारमात्र काठमाडौंबाट पक्राउ परेका हुन् । आइतबार कपिलवस्तु प्रहरीले तौलिहवामा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७६ आइतबार ००:००  ७ : २८ बजे