काठमाडौँ ।
आन्तरिक मतभेद सुल्झाउन नसकेको कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार दिउँसो २ बजे बस्ने तयारी छ । केही महिनापछि बस्न लागेको बैठकमा समसामयिक राजनीतिक परिवेशका बारेमा छलफल हुने जनाइएको छ ।
बैठकमा लथालिङ्ग अवस्थामा रहेका भातृसंस्थाहरुबारे कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल हुने कांग्रेस नेताले बताएका छन् । नेपाल विद्यार्थी संघ, महिला संघसहित भातृसंस्था अहिले अस्तव्यस्त अवस्थामा छन् ।
यस्तै पार्टीलाई संघीय संरचनामा लैजाने विषयमा पनि छलफल हुने जनाइएको छ । संस्थापन पक्षले यसका लागि सबै तहमा पार्टीको तदर्थ समिति बनाउने तयारी थालेको छ । तर रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले त्यसको विरोध गर्दै आएका छन् ।
२२ असार २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया