नयाँ दिल्ली ।
भारत सरकारले नेपाललाई १६ अर्ब ८० करोड भारतीय रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
सन् २०१९ – २० को बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपाललाई १६ अर्ब ८० करोड भारतीय रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने जनाएकी हुन् ।
अघिल्लो सरकारले नेपाललाई १२ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । भारतले अन्य मुलुकलाई दिने अनुदान बजेट भाषणमै उल्लेख गर्ने परम्परा छ ।
भारतले दिने अनुदान भने भारतीय विदेशमन्त्रालय अन्तर्गतबाट आउने गरेको छ ।
२१ असार २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया