एजेन्सी ।
एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आजको पहिलो खेलमा भारत र श्रीलंका भिड्दै छन् । खेल नेपाली समय अनुसार ३ः१५ पछि लिड्समा सुरु हुनेछ ।
प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंकाका लागि यो प्रतिष्ठाको लडाई मात्र हुनेछ । त्यसैले श्रीलंका विना दबाब मैदान उत्रदै अन्तिम खेलमा भारतलाई स्तब्ध पार्दै सुखद अन्त्य गर्ने सोचमा छ । यता भारत सेमिफाइनलमा पुगि सकेको छ । भारत आजको खेलमा फराकिलो जित निकाल्न चाहान्छ ।
भारत आजको खेलमा विजयी भए र उता अष्ट्रेलिया दक्षिण अफ्रिकासँग पराजित भएको खण्डमामात्रै शीर्ष स्थानमा उक्लिने छ । शीर्षस्थानको टोलीले चौथो स्थानमा रहेको न्युजिल्यान्डसँग सेमिफाइनल खेल्ने छ । त्यसैले भारत शीर्ष स्थानमा उक्लन चाहन्छ । उता अष्ट्रेलिया विजयी भए भारत र इंग्ल्यान्डबीच सेमिफाइनल हुनेछ । अष्ट्रेलिया विजयी भए न्युजिल्यान्डसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।
भारत ८ खेलमा ६ मा जित र १ मा हारका साथ १३ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । त्यस्तै ८ खेलमा समान ३ मा जित र हारका साथ श्रीलंका छैटौं स्थानमा छ । २ खेल बर्षाको कारण रद्द भएको थियो ।
भारतका लागि जारी प्रतियोगितामा चार शतक प्रहार गरेका ओपनर रोहित शर्मा आज पनि नायक बन्न सक्छन् । त्यस्तै कप्तान विराट कोहली र जसप्रित बुमराहको प्रर्दशन पनि महत्त्वपूर्ण रहने छ ।
यता अघिल्लो खेलमा वेस्ट इन्डिजसँगको खेलमा शतक प्रहार गरेका अभिष्का फर्नान्डो साथै कप्तान दिमुथ करुणारत्ने र तीव्र गतिका बलर लाथिस मलिंगा श्रीलंकाका प्रमुख हतियार हुन् । मध्यक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन श्रीलंकाको लागि चिन्ताको विषय हो । भारतले आजको खेलमा दिनेश कार्तिकको स्थानमा रविन्द्र जडजालाई मौका दिन सक्छ । जडेजाले हालसम्म मौका पाएका छैनन् ।
विश्वकपमा भारत र श्रीलंकाबीच हालसम्म ८ खेल भएको छ । जसमा श्रीलंका ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । १ खेल नतिजाविहीन छ । स्रमगमा भारत र श्रीलंकाबीच ९३ वान डे खेल भएको छ । जसमा भारत ४९ खेलमा विजयी हुँदा ३६ खेलमा पराजित भएको छ । ८ खेल नतिजाविहिन छ ।
२१ असार २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया