१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

क्यालिफोर्नियामा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प



एजेन्सी ।
अमेरिकाको क्यालिफोर्नियामा शनिबार ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।  नेपाली समय अनुसार शनिबार बिहान ९ बजेर ४ मिनेट जाँदा क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे यूएसजीएस ले जनाएको छ ।
शुक्रबार बिहान पनि यही ठाउँ केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । दुई दिनभन्दा कम समयको अन्तरालमा शक्तिशाली दुई वटा भूकम्प आएको हो । शनिबार आएको भूकम्प बिहीबारको भन्दा १० गुणा बढी शक्तशाली भएको यूएसजीएसले जनाएको छ ।
भूकम्पका कारण भवन र जमिनमा ठूलाठूला चिरा परेका छ । भूकम्प कारण विद्युत आपूर्ति बन्द भएको छ । भूकम्पपछि अहिलेसम्म १४ सय पटकभन्दा बढी परकम्प आइसकेको यूएसजीएसले जनाएको छ ।
भूकम्पका कारण ठाउँठाउँमा आगलागी घटना भएका छन् भने केही मानिसहरु घाइते भएका छन् । भूकम्पबाट प्रभावितहरुका लागि क्यालिफोर्निया राज्यले आपतकालीन सेवा केन्द्रहरु चलाएको छ ।

प्रकाशित मिति : २१ असार २०७६ शनिबार ००:००  १२ : ५८ बजे