१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

पाकिस्तानद्धारा बंगलादेश पराजित हुँदा न्यूजिल्याण्डलाई मालामाल



एजेन्सी।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई पराजित गर्दा तयसको फाइदा न्यूल्याण्डलाई परेको छ । इमाम उल–हकले शतकीय पारीमा पाकिस्तानले शुक्रबार राति बंगलादेशविरुद्ध ९४ रनको फराकिलो अन्तरको जित निकाल्दा न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान जमाउन सफल भएको हो ।

प्रतियोगितामा सेमिफाइनल प्रवेशको अंक गणितिय सम्भावाना राखेर आजको खेलमा मैदान प्रवेश गरेको पाकिस्तानले अपेक्षा अनुसारको जित निकाल्न सकेन् । पाकिस्तान र न्युजिल्यान्डको समान ११–११ अंक भएपनि न्युजिल्यान्ड नेट रन रेटका आधारमा अघिल्लो चरण प्रवेश गरेको हो ।
बंगलादेशका लागि शाकिब अल हशनले अर्धशतकीय पारी खेले । ७७ बल खेलेका उनले ६ चौकाको मद्दतमा ६४ रन बनाए । त्यस्तै बंगलादेशका लिटोन दासले ३२ रन जोड्दा मोहम्मद उल्लाहले २९ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका शाह अर्फिदिले सर्वाधिक ६ विकेट लिए । ९ ओभर १ बल बलिङगरेका उनले ३५ रन खर्चेका थिए । त्यस्तै शाहब खानले दुई विकेट लिँदा वहाव रिज र मोहम्मद आमिरले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१५ रन बनायो । पाकिस्तानका लागि इमामले शतकीय पारी खेले । १०० बल खेलेका उनले ७ चौकाको सहयोगमा १०० रन बनाए ।

उनको एकदिवसीय विश्वकपमा सातौँ शतक हो । यो विश्वकपमा इमामको पहिलो शतक हो । त्यस्तै पाकिस्तानकालागि शतक बनाउबाट ४ रनले चुकेका बाबरले ९८ बलमा ११ चौकाको सहयोगमा ९६ रनको योगदान गरे । पाकिस्तनका इमाद वशिमले ४३ रन जोड्दा मोहम्मद हाफिजले २७ रन बनाए ।

बलिङतर्फ बंगलादेशका लागि मुस्ताफिजुर रहेमानले सर्वा्धिक पाँच विकेट लिए । १० ओभर बलिङ गर्ने क्रममा ७५ रन दिए । त्यस्तै मोहम्मद सैफदुनले तीन विकेट लिँदा बंगलादेशका लागि मेहेन्दी हशनले एक विकेट लिए ।

योसँगै प्रतियोगितामा अष्ट्रेलिया, भारत, इङ्ल्यान्ड र न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएका छन् । लर्डसमा पाकिस्तानले दिएको ३१६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४४ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र २२१ रन बनायो ।

प्रकाशित मिति : २१ असार २०७६ शनिबार ००:००  ६ : ०८ बजे