१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

विदेश पठाइदिने भन्दै करोडौ रुपैयाँ ठगी गर्ने पक्राउ



काठमाण्डौ ।
विदेश पठाइदिने भन्दै चार करोड रुपैयाँभन्दा धेरै ठगी गरेको अभियोगमा वैदेशिक रोजगार ब्यवसायी छविलालकुमार राई पक्राउ परेका छन् । काठमाण्डौ सामाखुसीमा रहेको इगल हन्टर ओभरसिज सर्भिसेजका सञ्चालक राईले सिसेल्स र माल्टामा पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा धेरै बढी ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिसेल्समा जेलको गार्डमा काम लगाइदिने भन्दै उनले सयौँ युवाबाट लाखौँका दरले पैसा लिएको प्रहरीले बताएको छ । युवासँग पैसा लिएपनि विदेश नपठाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए ।
यसअघि पनि पक्राउ परेका राईले बसुन्धारामा रहेको ईशान हस्पिटल पछाडि नाम नभएको कार्यालय खोलेर ठगी धन्दा चलाइरहेका बेला उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७६ शुक्रबार ००:००  २ : ३० बजे